Tuesday, August 25, 2009

कुबेतमा संचारको अवस्था र मरुभुमिको कोसेली

आर. बि. बुढाथोकी
स्कुले जिबनदेखिनै कथा कबिता सार्है उत्साहा लाग्ने अनी एकदिन कान्तिपुरको कोपिलामा इमान्दार भन्ने बाल कबिता छापिएपछी मलाई लेख, रचना,तथा पत्रपत्रीका पढ्न भने पछी हुरुकै हुन्थे। २०५३ सालमा एस एल सि सिद्धिएको भोली पल्ट एकजना आफन्तको सहयोगमा नयाँ बिकल्प साप्ताहिक पत्रीकामा काम गर्ने मौका पाए। सदैभरी मेरो मनमा खुलदुली भाईरहने पत्रीका कसरी छापिन्छ भनेर तर यहाँ नयाँ बिकल्प साप्ताहिक पुष्पन्जली प्रकाशनबाट निकलिने हुनाले सम्पूर्ण कुरा मैले त्यहा सिक्ने मौका पाए। सबभन्दा पहिला फिल्डमा गएर समाचार सन्कलन अनी खेस्रा लेख,त्यसपछी compuer टाईप,शुद्दा शुद्दी(जुन काम प्रुफ रिडरले गर्छ)अनी डार्क रुममा लगेर नेगेटिव फिल्म बनाइने र ति अक्षर लाई अल्मुनियम पाता(प्लते)सारेपछी बल्ल मिसिनमा लगेर फिट गरिदो रहेछ यदी एक कलरमा मात्र छाप्ने हो भने कालो मसी मात्र हले हुन्छ। तर रङिन रुपमा छाप्नको लागि दुई वा दुईभन्दा बढी मसी प्रयोग गर्नु पर्ने हुन्छ। अल्मुनियम प्लेट एउटा मास्टर कपिबाट तपाईंले जती प्रती पनि छाप्न सक्नु हुन्छ,एबम प्रकारले पत्र पत्रीकाको प्रकाशन गरिएको हुन्छ। बिकल्प सप्ताहिकमा रहुन्जेल बिभिन्न बिषयमा उठाएका सवालहरु धेरैले मन पराए, बिद्याथीहरुले पठ्यपुस्तक नपढी गाईडको भरमा परिक्षा दिने प्रबिर्ती,काठमान्डौको डान्स तथा बार रेस्टुरेन्टमा देखिएका बिक्रिती,पशुपती नाथमापोलिएका लास माथि बिदेशीको तमासा,यस्ता यतै बिषयमा कलम चलाएको थिए। आदर्णीय दाईहरु दामोदर दवाडी(प्रधान सम्पादक,नया बिकल्प),गोबिन्द लुइटेल(च्यनल नेपालमा समाचार सन्योजक)सँग धेरै कुराहरु सिक्ने मौका पाए। २बर्ष पछी हिमालयन टाईम्समा उज्जल शर्माको छत्रछायामा काम गर्ने मौका पाए। अन्त्तमा लामो समयसम्म हिमाल खबर पत्रीकामा आबद्द भएर काम गर्ने मौका पाए,सम्पादक राजेन्द्र दाहालको सम्पादन पक्ष सर्है मन पर्थ्यो मलाई। ब्यबसाहिक रुपमा पत्रीका कसरी चलाऊन सकिन्छ भन्ने उधारण हिमालले मलाई पनि सिकायो। अनी शिव गाउले सार्है हक्की स्वभाबका रिपोर्टर हुनुहुन्थ्यो। हिमाल खबर पत्रीकालाई चटकै छोडेर बिदेसिनु पर्दा जो कसैको मन रुनु स्वभबिक थियो तर वाध्यताले झन्डै आधा दशक जती समयमा मैले बनाएको नेपाली पत्रकारिता जगतमा मेरो स्थान अब रहेन भन्दा हुन्छ किन कि,शिव गाउले, मनिष गौतम,किरण नेपाल,बुद्धी कट्टेल,डम्बर श्रेष्ठ,सुरेश न्यौपाने(हिमलका हस्ती पत्रकारहरु)ले रोजीरोटीको लगी नै कलम चलाउछन यनी ब्यवसाहिक पत्रकारको रुपमा काम गर्ने भइसके।यता सँगइ कलेजमा पढेका सहकर्मी साथीहरु इस्वरराज ढकाल(समाचार पत्र),सुमन खरेल(च्यानेल नेपाल),सुरज आचार्य(इमेज मेट्रो),दिपकरज पाण्डे(सगरमाथा एफ एम)सबै स्थापित पेशागत पत्रकार तथा सन्चारकर्मी भइसकेका छन।

क्याम्पसमा बिद्यथी जीवनमा निकलिएका साहित्यिक पत्रपत्रीकामा पनि लामो समय सम्म काम गरियो। अहिले सम्म स्मरन रहेको बिहानि हावाइ पत्रिका सार्है मन पर्थ्यो र अहिलेसम्म मानसपटबाट हटेको पनि छैन। बिदेशिएका दाजुभाइहरुलाई हुलाक मार्फत नियमित रुपम पठाउने गर्थ्यौ। आँफै यसरी बिदेशिनु पर्ला भनेर सोचेको पनि थिएन। कुरै कुरामा हावा बतास जस्तै भएर बैदेशिक रोजगारको सिलसिलामा कुबेत उड्ने बेलामा धेरै साथीहरुले सम्झाएका थिए। किन जान्छस तैले त यही केही गर्न सक्छस,सही रहेछ उनिहरुले भनेको मैले भन्दा उनिहरुले धरै गरीसके आफ्नै मातृभूमीमा,दौडिए,पसिना बगाए,नाम पनि कमाए म भने बिदेशमा मफसल(ओझेल)मा परेको जस्तो लाग्छ। अफुले गरेको पेशालाई बिदेशमा आएर पनि निरन्तर दिन्छु भन्ने उदेश्यले सन २००४ मा प्रबाशी नेपाली युवा मन्छको गठन गरे र यसै अन्तर्गत प्रबाशी आवाज भनेर पत्रीका प्रकाशन गर्न टिम खोज्दा प्राय सबै साथीहरु पत्रकारितामा अनबिज्ञ देखेपछी यो तेसै सेलायो।पत्रकारिताको प नजानेकाले पत्रकारिता गर्नु भनेको मुर्खता हो,किन कि यो राज्यको चौथो अङ मानिन्छ र पेशा अत्यन्त जोखिम र सम्बेदनशील हुन्छ। प्रवाशी आबाज सफल हुन नसकेपछी म लामो समय सम्म चुपचाप बसे केही कुबेत गतिबिधिलाई नेपाल पठाउथे मात्र तेती।
लामो समयपछी कुबेतमा मेरो पत्रकारिता ब्युझियो।कुबेतको लोकप्रिय वेब पत्रीका मरुभुमिको कोशेलीका साथीहरु फेरी बिउझाए मलाई बिशेष गरी राजन रिमाल,सुजन के सी,हरी न्यौपाने पत्रकार साथीहरुलाईलाई धेरै धन्यबाद छ। आज आएर कुबेतमा मरुभुमीको कोसेली नपढ्ने नेपाली धेरै कम भेटिन्छन,समुहमा सबैजसो जोसिला पत्रकार साथीहरु हुनाले पनि दिनहु जसो नयाँ नयाँ खुराक सहित ताजा समाचार देख्न्न पाईन्छ। ब्यबस्थित तरिकाबाट धेरै देशमा राखिएका सम्वादाताहरुले पठाएका ताजा समाचार, गतिबिधी तथा रोचक प्रसँगहरु हामीले तत्काल पाठकसामु पस्कने गरेका छौ। पाठकहरुको सुझाब सल्लाह अनुसार अगीबढेकोले नै मरुभुमिको कोसेली सफल पत्रीका भएको छ कुबेतमा। नेपालकुबेतडटकम भित्रको मरुभुमिको कोशेलीबाट बिभिन्न वेब पत्र पत्रीकामा हाम्रो लेख रचनाहरु सभार गरिएको देखियो यसबाट पनि हामी सही दिशामा पाइला चाल्दै छौ भन्ने प्रस्ट्यएको छ। मरुभुमिको कोसेलीबाट समाचार साभार गरी अन्य पत्र पत्रीकाले प्रकाशन गर्दा श्रोत तथा लेखकको नाम खुलाई दिनु हुन सम्पूर्ण प्रबाशी संचारकर्मिहरुलाई अनुरोध गर्दछौ।श्रोत नखुलाउनु भनेको पत्रकारको मानहानी गर्नु हो।
कुबेत नेपालीहरुको सख्या लगभग मात्र 40-45 हजार रहेको अनुमान छ तर नेपाल सरकारसँग यसको कुनै तथ्यनक छैन, लाचार सरकारले आफ्नो नागरिकको तथ्यनक त सही तरिकाबाट राख्न्न सकेको छैन,सरकार धन्न चलाईराखेको छ,स्मरन रहोस् यती धेरै नेपालीहरु रहेको कुबेतमा अहिले सम्म कुनै अधिकारिक सरकारी निकाय रहेको छैन,साउदी दुतबासले पनि खासै कुबेतका नेपालीहरुलाई नहेरेको भन्ने समाचारहरु आइरहेका र सत्य पनि हो। कुबेतमा दुताबास खुल्ने भनेको पनि हात्ती आयो हात्ती आयो फुस्स भनेझै भएको छ। कुबेतमा संचारको अवस्था हेर्दा केही बर्ष एता सन्तोषजनक देखिन्छ,धेरै नेपाली जमात नभएको कारण यहाँ खासै नेपालबाट पत्र पत्रीका नआएपनी मरुभुमिको कोसेली र माउन्ट एभरेष्ट स्पोर्टिंग क्लब,काठमान्डौ -कुवेतको आधिपत्यमा चलेको पत्रिका ले पनि सक्रिय भूमिका खेलेको देखिन्छ। नेपालीहरुको क्याम्प कयाम्पमा पुगेर उनिहरुको दु:ख बेदनालाई बुझेर भ्याइनभ्याइ दिन रात नभनी खटेर मरुभुमिका साथीहरुले गरेको अग्रणी कामलाई सबैले सरहना गरेका छन।प्रबासी हरुको आबाजलाईलाई सधै बुलन्द गर्न कहिल्यै कलम नरोकियोस भन्ने मेरो शुभ कामना छ। www.nepalkuwait.com

(लेखक कुबेतबाट प्रकाशित हुने वेब पत्रिका मरुभुमिको कोसेलीका ( www.nepalkuwait.com )सल्लाहाकार तथा रिपोर्टर हुनुहुन्छ)

No comments:

Post a Comment