Wednesday, October 21, 2009

खै तिमिलाई के भनेर सम्बोधन गरु ,अबत जहा सम्म सम्बोधन गर्ने सब्दहरु
को पनि
अभाब छ ,प्रीय अब कहा भन्न सक्नु र तै पनि तिम्रो सामु बिना सम्बोधन नै
अन्तीम पटक माफी
को भिख माग्दै छु । मेरो मन को बगैचा मार्फत तिम्रो सामु आइसकेको छु
,मलाई माफ गरिदेउ बा नदेउ,
त्यो त तिम्रो खुसी को कुरा हो ।म पनि सायद माफी को लायक नै कहा छु
होलार
तर पनि तिमरो चोखो प्रेम र बिबसताका ती हाम्रा दिनहरुलाई तिमिले
भुल्नु परेको छ
कर्मले ढाटे पछि हाम्रो माया जाल फाटे पछि बाच्न मन त कहा नै हुन्छ
र तर पनि
बाध्यताले कसैको लागी बाचि दिनु पर्ने रहेछ ।
थाहा थियन हाम्रो सम्बन्ध भगबानलाई पनि मन्जुर रहेनछ ।तेसैले त
माया प्रेम लाई बिर्सीएर एउटै गोरेटोमा हिडन चाहानालाई अन्तर हदयमा
लुकाएर दोबाटो मै छुट्टीनु पर्यो , मेरो रहर र चाहानाहरु ले हामरो प्रेमलाई अज्मबरी
राख्ने तर सोचेको भन्दा बिपरीत आई दिए पछि के नै पो लाग्छ र?
काल्पनिक सन्सार मा बास्तबिक सपनालाई जिबनमा पाउनु नै कहा सकिन्थ्यो र,
तेसैले त बिगत देखी तिम्रो र मेरो सम्बन्धमा आधी आयो ।तिमि पनि मालिया को सिटि बजार मा
आउथेउ र सिसाईडको गार्डेन चौतारीमा हामि दुई बस्ने गरेको थियौ ।
म तेहि तिम्रो बसाई र आईसकिर्म खाएर बसेको त्यो
ठाउ लाई बेला बेला मा हेरी रहन्छु ।तिमि खुसी भएर बस अब त हामरो गोरेटो पनि
छुट्टीसक्यो ,तिमिलाई तिम्रो जिबन सदा खूसी रहोस ,तिम्रो हात हरु सदा साद
प्रगती पथ मा लम्कन सकुन बधाई का साथ तिमिलाई यो मेरो अन्तीम पत्र ल…………………?

Friday, October 16, 2009

किन
चारै तिर बालुवा बालुवाले भरिएको मरुभूमि
उजाड हुन्छ भनेर डराउन् नै किन
धुलो र ह्रीलोले भरिभराउ भएको जगतमा
नैरश्याताको निम्ती वसन्त आउन् नै पो किन ।१।
खएर अनि वएर उम्रन नसक्ने धर्तिमा
छाहारी र छायाको अपेक्षा गनर्् नै किन
निरासै निरास मन हरुको जमतमा
हासो र खुशियाली तलास्नु नै पो किन ।२।
वसन्तले पलुवामा नया रूप भरे झैं गरी
हराउने को देशमा आगमन गर्न नै किन
ति निर्दोष माता पिता र सन्तती हरु लाइ
वेदनाको रोदन अनि आशु मात्र पो किन ।३।
आश् नै आश्ले भरिएको सागर बाट
हासो खोजेर ल्याउछ् भन्न् नै किन
गरिवीको भारी बिसाउने आकांक्षा लिएर
निर्मोही हरुको अधरमा पसिना बगाउन् पो किन ।४।
अर्जुन बस्नेत
कुवैत
______________________________________________________
मेरी मायालु,,,,,,,, नरोज्नु मलाई
Durga lama (muskan )
कतै भिडमा हराय मकतै सुन्यतामा टोलाय भनेए मेरी मायालु नखोज्नु मलाईकतै फुलको तरेलिमा भुले भने मबिहानिको मिर्मिरेमा डुले भने मए मेरी मायालु नसोध्नु मलाईमौनताको कल्पनामा डुबे भने मप्रेमको भाबनामा कुदे भने मए मेरी मायालु नरोक्नु मलाईपरिवारिक रेखामा आडके भने मकर्तब्यको अगी झुके भने मए मेरी मायालु नछेक्नु मलाईकतै म्रुत्यु सैयामा छट्पटिय भने मरक्त सरोबरको भुमरिमा लट्पटिय भने मए मेरी मायालु नरोज्नु मलाई

_______________________________________________________
माटोआमाको कोखबाट वर्लदा पहिलो पाइला दिने यो माटोजिबनका प्रतेक पल्हरुमा साथ् दिने यो माटोनिराश जिबन हरुलाई साहस दिने यो माटोगरीब अनी असहाय हरुलाई आचल दिने यो माटोभोका अनी नाङगा हरुलाई गास अनी बास दिने यो माटोपराएे होस् वा आफन्त सबेइलाई सम्मान दिने यो माटोउदास मन्हरुलाई सुभास भई छाउने यो माटोवेदना र ब्यथाले चर्कियको घाउमा महलम लाउने यो माटोपाप र पुन्यको भार सयन गर्ने शक्ती भयको यो माटोसंसारका याबतजिवात्मा ले परीपूर्ण भयको यो माटोविलासिताले परीपूर्ण जीवनलाई पनि जरुरत हुने यो माटोस्वर्गको अमरावती पाएे पनि नभुलउ यो माटो
मेरो माटोमेरो देशको माटोम जन्मेको माटोहाम्रो प्यारो माटो अर्जुन बहादुर बस्नेतझापा-नेपालहालअल मुल्ला ग्रुप कुवेत
_____________________________________________________________ <<<<<<<<<<<किन>>>>>>
चारै तिर बालुवै बालुवा ले भरिएको मरुभमी




———-______________________________________मायानगर है विश्वास कसैलाई, यो अविश्वासी संसारमा



किन
सधैं मेरो सामू आइ बस्ने तिमी आज टाढा बस्न खोज्छौ किन ? झुटो प्रेम को नाटक गर्नु थियो भने बिगत को दिन मा बाचा गर्यौ किन ? बिहाल बनाइ छोड्नु थियो भने जिबन साथी बनाउछु भन्यौ किन ? मुटु को माझ मा सजाइ सकेको थियौ भने आज तिमी ले नै बिर्सि दियौ किन ? सुमिना राइ झापा जल्थल ;9 हाल कुवेट,फर्वानिया
_______________________________________________________ अर्जुन दाहाल
संसार बिचित्रको छ
संसार विचित्रको छ चित्रभित्र तस्वीरको इतिहास जहाँ हे-यो त्यहीँ तस्वीर छ भनेर हेर्ने हो भने कसैले आँखा छोपेर हेर्लान् कसैले मज्जाले धित् मारेर हेर्लान् किनकि त्यहाँ एउटा अश्लील आकृति कुँदिएको छ मानिसलाई एसी, टिभी, फ्रीज चाहिएको छ आलिशान भवन र विलासिता चाहिएको छ एस.एल.आर., न्यूक्लियर, आणविक, जैबिक बम बनाइएको छ म शक्तिशाली हो भन्ने होडबाजी चलिरहेको छ राष्ट्र बचाउने ख्याल नै रहेनछ आफैं र विश्वलाई ध्वस्त पार्न कति हतार किनकि पृथ्वी बचाइराख्ने प्राकृतिक शक्ति ओजोन पातलिंदै छ समाज पनि विचित्रको जोसँग बुद्धि छैन, ऊ बुद्धिबहादुर जो सधैँ गरीब छ, ऊ धनपति जो सधैँ पराजीत छ, ऊ अजय अनि विजय जो कमजोर छ, ऊ बलबहादुर यस्तै भएर होला, जो साहित्य नै सृजना गर्दैन, ऊ साहित्यकार अनि साहित्यिक संस्थाका प्रमुख यी सवै विचित्रताले स्वर्ग पनि हल्लियो पृथ्वीमा साहित्यलाई बचाउन भानुभक्तलाई पठाइयो भानु आए नेपालै, खोज्न थाले घाँसीलाई लागेछ १० वर्ष १३ हज्जार घाँस काट्न घाँसीलाई भेटे घाँसीलाई भानुले जनयुद्धको भेषमा बल्ल थाहा पाए गणतन्त्र आएछ देशमा लागिपरेछ घाँसी गरीब र पीडितको उत्थानकालागि अनि जनजाति, दलित र शोषित वर्गका लागि १९५० को राष्ट्रघाती सन्धी खारेज गर्दै राष्ट्रको मुहार फेर्न शाही शासन राजतन्त्र समाप्त पार्दै जनवादी गणतन्त्र ल्याउन मेरो एक दशक बित्यो जनयुद्ध हेर्दै तर कुनै हेक्का भएन, १३ हजारको पीडा र रगतको छाल बेदना र चित्कार सकिएन लेख्न पछि पो थाहा पाएँ १३ हजार कविता बन्ने रहेछ घाँसी दरीद्र घरको तर बुद्धि कस्तो म भानुभक्त स्वर्ग गएइकन नेपालमा भयो यस्तो
_______________________________________________________________
गुनासो (मुक्तक)
मेरो आँखाबाट आँशु झर्नु थियो त,
मुटुभरी माया किन दियौ
मेरो मुटु छिया-छिया पार्नु थियो त,
आत्मा विश्वास किन यति ठुलो दियौ ?
धोका मलाई दिनु थियो त,
सँगै बाँच्ने किन बाचा गर्‍यौ
विश्वासघात गर्ने बिचार थियो त,
कहिले बिछोड नहुने कसम किन खायौ ?
मलाई दु:ख दिनु थियो त,
सुख पहिला किन दियौ
मलाई तिमीले बिगार्ने मन थियो त,
पहिले सपार्ने कम्मर किन कसेऊ ?
म टाढा भएको पर्थ्यो त,
नजिक बस्ने अठोट किन गर्‍यौ
मलाई मार्ने मन थियो त,
जिउने आशा किन दियौ ?
प्रेम तिम्रो खेलौना थियो त,
किन प्रेमलाई महत्व दियौ
मेरो जिबन माथि खेलवाड गर्नु थियो त,
मेरो चोखो प्रेमलाई सहर्श किन स्विकारी दियौ ??
लेख तथा रचना : सौगात सुवेदी
युसिफ अल्घानियम कम्पनी, कुवेत
टेलिफोन: +९६५-६५९४२०७३
ईमेल: saughatster@gmail.com
_______________________________________________________
किन झरी बर्षात पछी को मेरो जीवन
झरी बर्षात पछी को बिहानले,मेरो जीवनमा खुशी को अनुभुती हुन्छ,म आफ्नो जीवन नै उत्साही भएको पाउछुमलाई ति हरिया रुखहरु।चिसो ले भिजेका पहाडहरुहेरर जीवन नै आनन्दमय लाग्दछ,किन किन मलाई हरेक झरी पछी को,बिहान धेरै मन पर्छ।
लाग्छ!!यि पल्हरु मेरो जीवन को उत्कृष्ट पल हरु हुनम ति पल हरुमा भिज्न चाहन्छु,म ति पल हरुलाईमेरो यो जीवनमासमाहित गर्न चाहन्छु..म बर्षात पछी कोहरेक बिहान् लाई जीवन माआत्मसाथ गर्न चाहन्छु।
यि पल् हरु मेरा जीवन हुनतर एक्लो म..किन किन म यिपल् हरुमा तिमीलाई नै खोज्दछुतिम्रो जीवन खोज्दछुतिम्रो साथ् खोज्दछुतिम्रो हुन खोज्दछु..
रिचा शर्मा तिवारीकाठमाण्डौं नेपाल।
राष्ट्रको यस घडीमा
संवेदनशिल चक्रमा बिस्तारबादका मुक्का उठेर
अन्योल ग्रष्त समय बनाइरहेछन्
जुनबेला झनै मिर्मिरे लाली उदाउनु पर्दथ्यो
सामुहिक मुठ्ठी उठाउदै,
राष्ट्रियता, अखण्डता, स्वाधीनता जोगाउनु पर्दथ्यो।
साम्राज्यका डलर र बिस्तारबादका कलरमा
स्वाधिनता लिलाम गर्ने गद्धार हरुलाई
कठघरीमा निष्तेज पार्नु पर्दथ्यो।
तर,
यही बेला केही दुर्लभ ब्वाँसाहरु फुस्केर
राष्ट्रको स्वाभिमानलाई पञ्चामृत बनाइरहेछन्,
रातारात मालामाल डलर कमाइरहेछन्।
जुन बेला,
रक्तपिपासु प्रतिगमनको धुकधुकी पखाल्दै
अग्रगति, समुन्नति, ऐतिहासिक संविधान निर्माण तिर
लाग्नु पर्दथ्यो।
तर,
यही बेला सपुतका ज्वालामुखि निष्तेज बन्दै
एकताका भिख मागिरहेछन्
भने देशीय गद्धारहरु निकै जागी रहेछन्।।

निष्तेज राष्टको हत्कडीलाई चुँडाल्दै
गरिब किषान र निमुखाका पीडा सुस्केराको अनुभूति
ठूला-ठूला बाबुजी, लालाजी, साहुजीहरु सम्म पु-याउदै
स्वप्न लोकबाट ब्युँझाई,
राष्ट्रको यस तटस्थ घडीमा
कलमका चुच्चाको महायात्रा रोक्नु हुदैन म यहाँ
राष्ट्रको यस प्रसुतिय घडीमा
सत्यताका मूक्काहरु उठाउदै
संघर्षको आँधि त्रिकोणमा पु-याई
थाक्नु हुदैन म यहाँ।
जहाँ
अनिदो रातको सुलभ बिच्छ्यौना टक्रिनेछ
नेतृत्व रोक्नु हुने छैन म यहाँ
कुन दुनियामा,सुलभ क्रान्तिले सर्वहाराले
आफ्नो अधिकार पाए र?
त्यसैले,नेतृत्व रोक्नु हुने छैन म यहाँ
पशुपति शर्मा, बाग्लुङ
हालः दोहा कतार फोनः +९७४३२०९७७३

मुटुमा छौं
मुटुमा छौं, हरपल तिम्रो यादमाकहिले फर्कन्छौं फेरी यो जीवनमाछाँया सारी छौं ,तिमी सपना भरी पनियो आँखा भिजी रहन्छ तिम्रो सम्झनाभरी । छाँया सारी छौं तिमी मेरो आँखामातै पनि यो तन तिम्रो स्पर्श खोजिरहन्छ,सपनामा आई झस्काई दिन्छौं तै पनि बिपना तिम्रो यादमा तड्पिरह्न्छ। मुटु भरी तिमी छौ ..तै पनि आँखा तिमीलाई खोजिरहन्छ ।याद, सम्झना भरी तिमी छौ..तै पनि अँगालो तिमीलाई खोजिरहन्छ।
धिरज मगर “उदासी “ईलामहाल:- कुट फुड ग्रुप कुवेतdhiraj_udasee@yahoo.com



मलाई स्वदेश चाहिन्छ
जहाँ मेरो जन्म भयो,त्यसैलाई स्वदेश भन्छुजहाँ मेरो कर्म बन्छ,त्यसैलाई विदेश भन्छु।
कर्म बनाउन विदेश जाउ रे,मर्म बुझ्न स्वदेश आउ रे! बुढापाका हाम्लाई दिन्थे अर्ती
स्वदेशको घाउ निको पार्न,बिदेश जाने लक्ष पैसानै हो रे! आउ रे चाडै घर फर्की।
उनी भन्ने गर्छन,देशको पिडा छोडि किन विदेश जान्छौ ?
तातो हावा नौलो ठाउमा तिमी के खान्छौ?तर म भन्ने गर्छुबिदेशमा जाल-झेल त्यती सहज छैन,बिदेश आउने बाध्यता हो मेरो रहर होइन।
अब चाडै बिदेशको छोडछु मैले चक्कर,बिदेश-बिदेश भन्दा भन्दै खाएँ धेरै ठक्कर।कुवेतको भात भन्दा मकै मिठो हाम्रोस्वदेशमै दु:ख-सुख बाँच्न पाए राम्रो।

दया शाक्य कुवेत

“बालक कालमा
जन्मदै को दुखी जिबन शिशु हुन पाईन बालक कालमा प्रवेशगर्दा सुख पाको होइन,हास्ने खेल्ने पढने बेला कसैको साथ पाइनघरको काममा ब्यस्तभए शिक्षित पनि भँइन ।
यौवन सगैं पाइला टेके गरिवीका खुड्किलामा दु:ख हरुले जरागाढेँ त्यो कलिलो मष्तिश्कमा,काँडा बन्दै साहुका वचन घोच्न लागे मुटुमाति आमाका आशुहरु घुमिरहन्थे आँखामा।
किताब बोकी पढन जान्थे गाउँ घरका साथिहरुबिवशथिए ईच्छामार्न साथमा थिए दु:खहरु ,स्कुलको बाटो हिडदा टल्पलाउथे आँखाहरुगुन्जिरहन्थे त्यो उमेरमा घाँस दाउरेका भाकाहरु।
म त आज विबश भाँ छु अशिक्षित हुँदाखेरी हास्ने,खेल्ने,पढने बेला गरिबिले च्यापदाखेरी,मुटु संधै झस्किरहन्थ्यो समाजले हेप्दाखेरीगाउँ छोडन बाध्यभए पेटमा भोकले पोल्दाखेरी।
अर्जुन बस्नेत
basnetgroup111@hotmail.comझापा नेपालहाल:-अल्मुल्ला ग्रुप कुवेत+९६५-६६२९८९२०
“ पाए हुन्थ्यो ’’
आफै सँग भाग्ने आयु छेक्न पाए हुन्थ्यो ,आफ्नो हातले आफ्नो भाग्य लेख्न पाए हुन्थ्यो !!चखेवाको जोडी जस्तै भई उड्न पाए हुन्थ्यो ,उनको मनको वेदनालाई चुड्न पाए हुन्थ्यलालगेडी झैं आँखाभित्र अट्न पाए हुन्थ्यो ,उनको दिलको प्यासहरू मेट्न पाए हुन्थ्यो !!हात समाई सगरमाथा चढ्न पाए हुन्थ्यो ,सँग बसी मुना मदन पढ्न पाए हुन्थ्यो !!
हाम्रो माया दुनियालाई देखाउन पाए हुन्थ्यो ,हाम्रो नाम गिनिजबुकमा लेखाउन पाए हुन्थ्यो !!उनको मनमा खुसियाली छर्न पाए हुन्थ्यो ,बाँचुन्जेल सँग सँगै मर्न सँगै पाए हुन्थ्यो !!!
चकेन्द्र राई ‘कैदी’, हाल दोहा कतार
माया त छोरा छोरी को नै सबै भन्दा ठुलो रहेछ
त्यो दिन म र मेरो “जिबन सन्गिनी “सुमि ईटहरि जादैथियौं। घर देखि अलिपर बस रोक्ने ठाउमा उकालो भएको ले “सुमि” अलि पर परिन र उनले उकालोमा ‘कालु’ भनी मलाई बोलाइन् म फर्किए। अनी म रोकिए त्यतिनै बेला एउटा रिक्सा लाई उकालोमा धकल्दै रिक्सा चालक आयो अनी छेउमा एउटा सानो केटा पनि थियो। रिक्सामा ५ देखी ६ कुइनटेल सम्म सामान थियो होला। रिक्सा चालक् पसिनाले लुत्थुर्क भिजेको थियो। उसको अनुहार रातो भएको थियो। उस्लाई एकदम थकाइ र गर्मी भाईरहेको थियो। उसले एक गिलास उखुको रस किन्यो अनी यता-उता हेर्न लाग्यो। म र सुमि ले ऊस्लाई धेरै बेर सम्म हेरी रह्यौं। पछी त्यस चालकको छेउमा हिडिरहेको केटा आयो,अनी त्यो चालक ले त्यो सबै उखुको रस त्यो केटा लाई दियो किन भने त्यो केटा चालक को छोरा रहेछ। २०० मिटर को उकालोमा ६ कुइनटेल सामान तानेर आउँदा ऊस्लाई जुन थकान अनी गर्मी भयो त्यो सबै उस्ले आफु भन्दा धेरै आफ्नु छोरा मा पायो!!त्यसैले होला आफु न खाएर पनि सबै छोरा लाई दियो?किन भने त्यो केटा चालक को छोरा रहेछ।
कस्तो होला त त्यो बाउ को मन? हो हो यही नै हो माया!! एउटा बाबा अनी आमा को माया–जसले गर्दा पिडा उसले भोगे पनि सुख त आफ्नु सन्तान लाई नै दिन खोज्छ। हामी धरै भाग्यमानी छौ एस्तो बाबा र आमा पाएर। आफ्नु आमा र बाबा को रिन हजारौ जन्ममा पनि तिर्न सक्दैनौं होला। हामी एस्तै एस्तै कुरा गर्दा गर्दै बस पनि आयो अनि हामी बस मा चढेउ। बसले हामीलाई इटहरीमा ओरालिदियो र हामी बजारतिर लागेउ ।।।।।।।हिजो आज म संग सुमीको फोनमा कुरा हुन्छ तर हेरेक बेला र प्रसंगमा , उनीले त्यही रिक्सा ड्राइभर र उनको छोराको कुरा गर्ने गर्छिन। अनी मलाई लाग्छ वास्तवमा “माया त छोरा -छोरी को नै सबै भन्दा ठुलो रहेछ!!
कृष्ण पोखरेल “बिवस” साउथ ईराक ततिल एयर बेस क्याम्प ईरा
मलाई रमाईलो लाग्छ
……
नौं डाडा पारि भए पनि मलाई रमाइलो लाग्छ,,सबै नेपालीहरुलाई भेट्न पाउदा..गाउँ-घर नै भुलेको हुन्छु मिठा -मिठा कुरा गर्दा ।

मलाई रमाइलो लाग्छ,,
सबैजना हाँसेको देखदा..
कुन दिन कुन रात?थाहानै हुदैन बिगतका कुरा गर्दा।
आधा जिन्दगी बितिसकेछ दु:ख अनी सुख लाई समाल्दा,जिवनमा उमङ्ग छाउछ जब माया प्रितीको कुरा गर्दा।

मलाई रमाइलो लाग्छ,,
मायाँ पिरती अनी मिलनको कुरा गर्दा…
माया नैं ठुलो रहेछ यो संसारमापाउन लाई धेरै गाह्रो पर्दो रहेछ….
तर के गर्ने ???
आखिर धेरै माया गर्ने प्रियसीबाट बिछोडिदा.
उनीकै यादमा दुई थोपा आँशु झर्दो रहेछ।
धिरज मगर “उदासी “ईलामहाल:- कुट फुड ग्रुप कुवेत
dhiraj_udasee@yahoo.com

आमा
धर्तीको रुप धारण गरेर सन्सारको सृष्टि गराई दिएका छौ आमाआफनो ज्यानको प्रभाह नगरि सन्तानलाई्र माया दिएका छौ आमाघाम पानि नभनि आफना सन्तानको भविष्य उज्जवलमा लागेका छौ आमा्आफनो गास काटेर भए पनि सन्तानलाई खुशी बनाउन लागु परेका छौ आमाआफुले खाने बेला सन्तानको मुहार अगाडि देखेर रुने गर्नु हुन्छ हाम्री आमाउमेरले ५० काटे पनि आफनो अगाडि सानो देख्ने गर्नु हुन्छ सन्तानलाई आमापवित्र मायाको बन्धन कहिले टाढा नदेख्ने सबैलाई बराबरी माया दिने आमाबुढेस कालको सहाराको आस थियो तर अहिले कस्को छायाँ पाउने आश आमासानो छदाँ मर्ला भन्ने डर ठुलो भए पछि भेट्रन पाउने छैन भन्ने त्रास आमाकसले सम्झने गरेका छन् र सबै भए परदेशी भेट्न आउछ भन्ने आश आमा ॥ ॥
विजय कुमार श्रेष्ठ
हाल ईराक
___________________________________________________________________
स्वदेशको माया ….
स्वदेशको माया कति परदेशमा थाहा भयोआफन्तको माया कति पराइ भेट्दा याद आयो !मन तिर्खाउदा धित मार्ने दौंतरी नि भेटिएनथकाई लाग्दा तन बिसौने चौतारी नि देखिएन !!
झिलिमिली शहर पनि बनमाराको पाखा जस्तोपाइएन निन्द्रा कतै आमाको त्यो काख जस्तो !छोड्छु भन्छ तनलाई मनले जान्छु भन्छ गाउँतिरजब दिन ढल्दै जान्छ पुग्छ मन दलान निर !!

थाहा थिएन यस्तो हुन्छ परदेशको मोह लाग्दापाइएन पिउन शितल सम्पत्तिको तिर्खा लाग्दा !!छोड्छु भन्छ तनलाई मनले जान्छु भन्छ गाउँतिरजब दिन ढल्दै जान्छ पुग्छ मन दलान निर !!
थाहा थिएन यस्तो हुन्छ परदेशको मोह लाग्दापाइएन पिउन शितल सम्पत्तिको तिर्खा लाग्दा !!!!
हरि कृष्ण न्यौपाने”घायल”
कालिका-१ सिन्धुपाल्चोक हाल ईराक
harineupane3@gmail.com_____________________________________________________________________
प्रदेश
डाँडा काँडा हरियाली हाम्रो प्यारो देशजस्तो देश उस्तै भाषा त्यस्तै हुन्छ भेष ।धन कमाउने लालचले प्रदेशमा आइयोदुःख, कष्ट हण्डर पनि साह्रै धेरै खाइयो ।भन्नुहुन्थ्यो हजुरबाले पैसा हुन्छ चेपमासकेसम्म बिदेश नजाउ बसौ आफ्नै देशमा ।आफ्नै देशमा बस्दा पनि छैन काम गर्नेसानो तिनो कमाइले भित्र भित्रै मर्ने ।दिनै जसो मुल्य बृद्धि भन्दै हिड्नेकसलाइ सबै जना उस्तै लाग्छ हेर्दै जादा मलाइ ।ठूला बडा नेताहरूलार्इ बिदेश घुम्दै ठिक्कगरिब दुःखी जन्ताहरूलार्इ सधैभरी दिक्क ।गरिबको एउटै बाटो बिदेश तिर लाग्नेधन कमार्इ परिबार बालबच्चा पाल्ने ।एक्लो जीबन जसले भोग्छ उसलार्इ थाहा हुन्छबाहिर हाँसे पनि भित्र मन रून्छ ।मलार्इ लाग्छ परदेशिनु रहर होइनहाम्रो बिदेश भन्दा आफ्नै देश लाग्छसधै राम्रो लाग्छ सधै राम्रो ।लाग्छ सधै राम्रो ।।sujan abhagi_________________________________________________________
सधैं मेरो सामू आइ बस्ने तिमीआज टाढा बस्न खोज्छै किन ?
झुटो प्रेम को नाटक गर्नु थियो भनेबिगत को दिन मा बाचा गर्यौ किन ?
बिहाल बनाइ छोड्नु थियो भनेजिबन साथी बनाउछु भन्यौ किन ?
मुटु को माझ मा सजाइ सकेको थियौ भनेआज तिमी ले नै बिर्सि दियौ किन ?
सुमिना राइझापा जल्थल ;9हाल कुवेट,फर्वानिया
हाँसी हाँसी मरु
टाढा बसी तिम्रो यादमा पलपल कति मरु ?तिम्रो सामु मैले अझै आँशु कति झारु ??तिम्रो यादले हरपल मलाई पोल्न थाल्यो सरु !दिलले भन्छ तिम्रो काखमा हाँसी हाँसी मरु !!
मेरो माया सरु तिमिलाई पुकार कति गरु ?यो मायाको सागर कति एक्लै एक्लै तरु ??भगवानले देखेकै छन् पापै लाग्ला सरु !दिलले भन्छ तिम्रो काखमा हाँसी हाँसी मरु!!
सरु तिमिलाई सम्झी सम्झी दंग कति परु ?तिमी आउने बाटो हेर्दै मैले आँखा कति तरु ??मेरो दिलमा धड्कन बनी वाँचिदिनु सरु !दिलले भन्छ तिम्रो काखमा हाँसी हाँसी मरु !!
-चकेन्द्र राई “कैदी”दोहा कतार

भीरमा नजाऊ कसले तान्छ र, बैंश छँदा जाउँभन्दा मानिनौ, अब तिम्लाई कसले लान्छ
पंक्तिकार सानै छँदा पश्चिमाञ्चलका पहाडी गाउँतिर एउटा लोकगीत असाध्यै चलेको थियो– भीरमा नजाऊ कसले तान्छ र, बैंश छँदा जाउँभन्दा मानिनौ, अब तिम्लाई कसले लान्छ र। ठिटाहरु अलि छिप्पिएका तरुनी देख्यो कि यो लयले व्यंग्य हानिहाल्थे। अनि बैंश हलक्कै हुँदा पनि बाबुआमाले बिहे नगरिदिएका वा बाबुआमाको इज्जत थाम्ने नाममा लान्छु भन्ने ठिटाको पछि लाग्न नसकेका तरुनीहरुले यो गीतको व्यंग्यमा कि आँखा तर्थे, कि त पछ्यौरीले मुख छोपेर दौडिन्थे। अति भएपछि कतिपय तरुनीले त मुखै छाड्ने र ठिटाहरुलाई ढुंगाले बर्साउनेसमेत गर्थे। पंक्तिकारलाई लाग्थ्यो, ठिटाहरुले तरुनीलाई हेपेर जथाभावी जिस्काउँछन्। तर, उमेरसँगै पो बुझ्न थालियो, उमेर पुगेका तरुण तरुनीको मनोदशा, अनि लाग्यो, ठिटाहरुले अन्याय गरेका होइन रहेछन्।साँच्च नै, बैंशमा बिहे नगर्नेहरुको मनोदशा अति नै कुण्ठित प्रकारको हुँदोरहेछ। चाहे ती पुरुष हुन् वा महिला, उनीहरुभित्र बैंशमा विपरीत लिंगीसँग खेल्न नपाएको कुण्ठा, यौनको कुण्ठा अनि सन्तानको कुण्ठा जस्ता अनेकांै कुण्ठा भरिएको हुँदोरहेछ। व्यक्त गर्ने, नगर्ने भन्ने मात्रै फरक हो, तर कुण्ठा त उस्तै उत्तिकै हुँदोरहेछ। बैंशमा बिहे नगर्दाको मनोदशालाई निसंकोच पस्कनेमा पर्छिन्, गायिका कोमल वली। कोमल वली उमेरले सायद अब ४० को आसपास पुग्न लागिन् होला। आफ्ना दमालीका सन्तानले स्कुल पढाई सक्नै लागेको देख्दा उनलाई पुरुषोत्तम न्यौपानेको गीतले व्यंग्य गर्दो हो– मेरा साथी छोराका बाउ भए, तिम्रा साथी कतिका माउ भए, अब त आँटम् भो डाँडै काटम् भो। सायद उमेर ढल्के पनि डाँडो काट्ने रहरले नेपाली समाजकी यी सेलिब्रेटीलाई छाडेको रहेनछ, त्यसै भएर होला कोमलले यसपाली पनि आफ्नो मन यसरी पोखेकी छन्– खल्तीमा गाँठ भा’को, मनमा आँट भा’को, यत्तिको मर्द भेटिएन कोई। उनको यो गीत सुन्दा लाग्छ, पोहोर साल ‘पोइल जान पाम, शिव पोइल जान पाम’ भनी गरेको पुकार भगवानले सुनेछन् क्यारे। अलिअलि गाँठ र अलिअलि आँट भा’को मान्छे उनका शब्दमा मर्द भेटिन्छन्। तर, उनले मर्द भेटे नभेटेको कुरा अर्को तीजतिर थाहा होला। किनभने उनले कोइसँग लगनगाँठो बाँधिन् भने अर्को तीजमा त्यसको अनुभव खुलाउलिन्।गायिका कोमल मात्रै होइन, एउटा निजी टेलिभिजन च्यानलको लोकगीतसम्बन्धी कार्यक्रमकी प्रस्तोता एवं लोकगीतका म्युजिक भिडियोकी सिकाऊ मोडलले पनि यसपालीको तीजमा गीतमार्फत् आफ्नो कुण्ठा पोखेकी छन्। उमेरले कोमलको झैं नेटो काटि नसकेको भए पनि उनले पनि बैंशको अनुभव गर्न पाएकी रहिनछन्। तन र मनले सधैं पुरुषभन्दा अर्थोक नखोज्ने उमेरमा पनि एक्लो अनुभूति महसुस हुनु बैंश फक्रिएकी तरुनीका लागि निर्मम पीडा हो, जुन पीडा सबैभन्दा मार्मिक हुन्छ। रुपको अहंकार वा चर्चाको, सफलताको अहंकार वा बाबुको सम्पत्तिको अथवा आत्मकेन्द्रित प्रवृत्ति वा बढी चुजी हुनुको शिकार भएका यस्ता युवतीहरुको संख्या नेपाली समाजमा बढ्दो क्रममा छ। बैंश घर्किएपछि न पोइल जान्छु भनेर पाइन्छ, न डाँडो काट्नु भनेर। त्यसैले, बेलैमा बुद्धि पुर्या उनु बेश। नत्र जिन्दगी भोकमा पाइनँ भुटेको मकै, बैंशमा पाइनँ पोई भन्या जस्तो होला। सबै कुराको महत्व सधैंभर हुँदैन

दुई शब्द भानु जयन्तीमा
-आशा गुरुङ,इजरायल
नेपालको शान तिमी,तनहुँको नाम तिमी,जो प्रेरित भयौ सामान्य घाँसिको कुराबाटअन्तत चिनियौ आदिकबि भानुभक्त बाट..जन्मदाता तिमी नेपाली भाषाको,हिमाल,पहाड र तराइलाई एउटै मालामा गाँसी..उल्था गर्यौ रामायण मातृ भाषामा,सारा जनलाई बुझायौ शब्द र अर्थ यसको..कर्मदाता हौ तिमी नेपाली साहित्य र संस्कृतिको,थियौ खानी तिमीमा अनेक बिबिधताको.. नेपाली भाषा,साहित्य र संस्कृतितिम्रो थियौ अमुल्य धन..बाँच्यौ यिनैसँग तिम्रो पुरै जिबन,छर्दै ज्ञानको भण्डार नेपाली धर्तीमा..बिबेकताको धनी तिमी,आफ्नै मौलिकतामा रमाउने..ललाटको तिम्रो सुन्दर टिका र कालो टोपी जस्तै,आफ्नै नेपाली भेषभुषामा रमाउने.. गर्छु म कामना,भई नेपाली तिमी जस्तै,तिम्रा प्रतिबिम्बहरु प्रतिबिम्बित भैइरहोस्प्रत्येक नेपाली मनहरु र तनहरुमा..जहाँ गहिरिन सकोस,घोत्लिरहन सकोस र बुझ्न सकोस्,बिशाल आकाशको छातीभित्रअसिमित नेपाली साहित्य बाँचिरहेछ..मुर्त रुप दिन यसलाई ती ताराहरुलाई पर्खिरहेछ..समयको बनावटसगैँ यो परिबर्तित भैइरहेछ..नब स्रष्टा र उनिहरुको दृष्žटिकोणहरुसँगै,परिमार्जित हुँदै दुबो झै मौलाई रहेछ.. हाम्रो आफ्नै पुर्वीय भाषा र संस्कृति नै प्यारो,जहाँ हामी पोख्न सक्छौ अन्तर हृदय बाटकसैको नक्कल नगरी..ती मौलिक शब्द र भावहरु नै मिठो,जहाँ हामी अनुभुत गर्न सक्छौ,आफ्नै घर आँगन्, चाडपर्व र रितिरिवाजहरु..नेपाली माया र मित्रताको सँगालोहरुसँगबाँच्दाको मिठास नै बेग्लै ,जहाँ नेपाली साझा फुलबारीहरु फक्रिरहेछन..चार वर्ण र छत्तिस जातका आ-आफ्नैसुगन्ध र महत्व लिई एकताको सुत्रसँगै… तिमी त गयौ देह त्यागी यो भवसागर बाट,तर आत्मा त आज पनि तिम्रो अमर छ…तिम्रा योगदानहरु र कर्महरुले तिमीलाई चिनाइरहनेछ,जब सम्म रहन्छ नेपाल र नेपाली…तिमी उसै गरी चम्किरहन्छौ साहित्य आकाशमा,जसरी सुर्य,तारा र जुन बिनाकल्पना गर्न सकिन्न आकाशको महिमा…नेपाली भाषा र साहित्यको सागरमा तिमी,कहिल्यै बिलाउदैनौ न त हराउछौ कतै..तिमी नै हौ आदि यसको र अस्तित्व पनि..तिम्रा अमुल्य कृतिहरु र रचनाहरु ,प्रेरणाको स्रोत हाम्रो लागिअनि हरेक नयाँ पुस्ताको लागि..म कसरी सिमित पार्न सक्छु र तिमीलाई ?केबवल दुइचार शब्दहरुमा,तिम्रो जन्म जयन्तीमा..बाँचिरहनेछौ तिमी बर्षौ बर्ष उसरी नै नेपाली माटोमा,उदाहरणीय बनिरहनेछौ नेपाली भाषा र साहित्यको भुमीमा..हरेक फाँट्,बेसी र भंज्याङहरुमा..तिमी झल्मलाइरहनेछौ ती आँखाहरुमा उस्तै किरण लिई,जहाँ प्यारो छ आफ्नै मौलिकता नेपाली हुनुको गर्वमा
उसको पिडा कसले बुझिदिने
-लेखक: स्व नेत्र प्रसाद न्यौपाने
संसार अन्धकार रहेछ आखा भएर पनिदेशको माया गर्छ अनाथ भएपनिउसको पिडा तल छ मानव भएतापनिगधा भन्दा पिडित छ मानव भए पनि्उसको आश’मा कसले रुझिदिनेउसको पिडा कसले बुझिदिनेराण्ट्रका सम्पत्ति हुन धोति लगाए पनिबाचुन्जेल जिवितै छन जुम्राले खाएपनिउसको जुम्रा कसले मारिदिनेउसको पिडा कसले बुझिदिनेढुकढुकि अडिन्थ्यो होला परिवार भएपनिकमाइ गरी खान्थ्यौ होला जग्गा भएपनितर उसलाई जग्गा कसले दिलाइदिनेसुकेको घाटि भिज्याउथ्यो होला पानि पाएपनियो गर्मि खाडिमा उसलाई पानि कसले दिलेउसको पिडा कसले बुझिदिनेफाटेको धोति टाल्थ्यो होला ध्वजा पाएपनि्च्यातिएको मन जोडथ्यो होला साथ दिए पनि्अब उसलाई कसलै बचाइदिनेउसको पिडा कसले बुझिदिने(पिपरा कपिलवस्तु)
शिसु गजल
-आचार्य प्रभा, अमेरिका
पिउनदेउ मलाई रसिलो त्यो अधर तिम्रोजुझाई राख मसँग नशालु त्यो नजर तिम्रो । एकान्तले सताइरह्यो छट्पटियो मन पनिदिलको माझ सारुँ कि मायाको त्यो शहर तिम्रो । आलिङनमा बाँधु कि आँखामा लुकाइ राखुँ ?मलाई बुझ्न दिन्छौ कि लुकाएको त्यो रहर तिम्रो । भन्ने गर्छौ तिमी मलाई, रात काट्न गार्हो भोमलाई अब सुम्पिदेउ,अनिदो रातको प्रहर तिम्रो ?
नगर है माया कसैलाई, यो धोकेवाजी संसारमा
यहि नै मेरो अनुरोध छ, सम्पूर्ण मनिसमा
भुलेर पनि नफस्नु है, धोकेवाजी प्रेममा !
सँगै बाँच्ने, सँगै मर्ने कसमा पनि खाई दिन्छन
केहि दिनमै कसम तोडी, अरु कोही चुनी लिन्छन
माया रहेछ यस्तै खेलौना, भर नपर धोकेवाजी मायामा
नबाँच्नु है मायाको भरमा, पारी दिन्छन ठुलो कष्टमा !!
यती ठुलो संसारमा, माया दिने कोही छैन
माया पाए पनि केबल, धोका शिवाय केहि छैन
यो संसारमा मनिस रहेछन, पाए सबै स्वार्थकारी
कसले देला यो दुखीलाई मायाको एउटा चिनारी ??
लेख तथा रचना : सौगात सुवेदी
युसिफ अल्घानियम कम्पनी, कुवेत
टेलिफोन : +९६५-६५९४२०७३
ईमेल: saughatster@gmail.com
खबरदार ! देशद्रोहीहरु !
खुल्ला तर जञ्जिर भित्र, आँखा तर अन्धा जस्तै
स्वार्थी, बाहिर मन्दिरजस्तै, आवेग,तर बन्दी जस्तै
राजनीति र जनता बिचमा, किन यस्तै तानातानछ,
एक अर्काको प्रबल निर्बल दुबै फेरी जानाजान छ।
चरम आक्रोश प्रस्फुटन भो, तैराउनलाई लुक्दै उनै
आशा छिट्टै पूर्ण बिराम, भाषण ठूला फूक्दै उनै।
फेरी आक्रोश मन्द मन्द , मालामाल झन देशैबेची
आकर्षण र विकर्षणमा जानाजान झनै भेषै बेची।
राजनीति र जन्ता बिचमा किन यस्तै पैंठे जोरी
सोझाहरु इचाई-मिचाई भन्दै उनी दुबै कुर्ची कुरी।
उग्रबादमा मिठा नारा, सोझा जनता अतमलमा
नीति बिहिन हुदै छाडा, रोपाई जस्तै दलदलमा।
फेरी बिचमा अर्को पसी जनता “वा” मा टोलाउदै
सामान्तिले प्रगतिशील स्वरुप पार्दै उनै बोलाउदै
राजनीति र जनतामा किन यस्तो दाउपेच हुन्छ
धनीहरुमा खुसी अर्कै, गुहार माग्दै राष्ट्र रुन्छ।
तर अब खवरदार है, ब्यूझदैछन मजदुर किषान
देश बेच्न टुक्रउदै छौ, संघीयताको बनाई निसान।
प्रतिकारमा उठे जनता, ठाऊ-ठाऊमा मसाल बाली
बडार्नेछन् छिट्टै अब, देशद्रोही लाई गर्दै खाली।
दलालहरुहो खबरदार ! सम्झौता लाई बन्द गर
सक्छौ भने अन्धविश्वाश र कुरीतिलाई बन्द गर।
दिन दाहाडै सोझा जनता लुट्न चुट्न बन्द गर,
सामाज्यबाद र बिस्ताबाद लखेट्नलाई बारुद भर।
गाउँ-गाउँ बस्ती-बस्ती गरिब किसान मनदुर जुट्दै
होशीयार देशद्रोही हो ! आँधी फेरी पनि छ फर्किदै।
हात-हातमा मसाल बोकी आन्दोलन छिट्टै चर्किदै
शिरमा आफ्नो कात्रो बोक्दै देशभक्त छन् कस्सिदै।
लेखकः ताराश्वर शर्मा बागलुङ, हाल दोहा कतार१४ सेप्टेम्बर २००९ जिन्दगी (कविता) आगो सरी जल्दैछ यो जिन्दगी,बन्दै धुवाँ खरानी। शशी झै ढल्दैछ यो जिन्दगी,निश दिन त्यसैगरी। एक्लो कैदी ठान्छु मलाई,सँधै एक्लै कोठामा। हाँसीरहेको देख्छु मुहार उनको सधै नै फोटामा। आफैलाई लाग्छ आफै,नौलो प्राणी। गईन उनले छोडेर मलाई,फर्कि नआउने गरी। यादले उनको हर घडी,बर्षे झरी झै गरी। चुहिन खोज्दछन् आँशुका थोपा, भिजेछ सिरानी। भिजेछ सिरानी।। केदार नाथ खरेल इस्लामीक प्रिजेन्टेशन कमिटी सहायक शिक्षक, सफात (कुवैत गीत बिहानीको किरणसँगै पहिलो हेराइ मैं, माया बस्यो तिमीसँग आँखा जुधाइमै! दिनभरी कल्पे तिमीलाई सपनीमा देखें, झ-झल्कोले सताइरहयो एउटा चिठी लेखें!! ढुक-ढुकी बढ्न थाल्यो यो मुटुमा आज, आउने गर सँधै तिमी जुन सँगै माझ! जुनी-जुनी बाँचिरहोस तिम्रो मेरो प्रित, गाइ रहुँ यसै गरी पिरतीको गीत!! तिम्रै निम्ति प्रतिक्षामा पर्खिबसें आज, देउरालीको भञ्ज्याङमा छहारीको माझ! गोधुलीको झिसमिसेमा आउँछौ तिमी भनी, टोलाइ रहें आकशमा रातको तारा गनी!! केदारनाथ खरेल kedarmesc@yahoo.com कुवेत ब्यथा कहाँ पोखु ,कस्लाई भनु यि मनका ब्यथा लुकाइ राखु छाती भित्र बन्छ होला कथा पारीबारिक लछ्मन रेखा पाइला पाइला छेक्छ झुटो समाज बस्त्बिक्ता पहाड बनी छेक्छ के हो चाह, के हो इछ्छा पोख्न पनि पाइदैन भाबनाका पोकाहरु कस्दा पनि सुख छैन समाज रुपी दम्लोले म्रुत शरीर बान्छ अन्दो समाज सिसिरमा लहलह देख्छ के हो जीवन ,के हो जिउनु मर्न पनि पाइदैन कहाँ खुशी , कहाँ छ हसो रुदा पनि सुख छैन यहाँ कहिले ,,सुख छैन Durga lama (muskan ) ________________________________________________________ मरुभुमिमा मेरो तीज निस्चल हावा अनी मेरो कोमलता मेरो बाल्यकाल लपेटिएको थियो त्यही सुन्दर गाउमा।। यौबनले छोइसकेको थियो,बरालिने भइसकेको थिए लछार-पछार गर्दै ल्यायो,गन्जागोलको बिरानो।। साथीहरु सबै छुटे,बालसाथी पाठो छुट्यो गाउको छहरा,पहरा,कुलो,पधेरी,पोखरी सबै छुटे शहरको माहोल,ठक्कर दिदा माफ छैन,लडिदा समातिने हात छैन।। कसैले कसैलाई दिदैन सम्मान,माया,सहयोग अनी मेरो मानसपटमा निस्केको ज्वालमुखी।। रोक्न सक्दिन,साथीभाइलाई भुल्न सक्दिन असल पती पाउभनी गरेको ब्रत अनी ।। छमछमी नाचेका तीजका गीत मैले कसरी रोकौ सहनै सकिन,महादेवलाई पुकारेको।। भुल्नै सकिन पानी समेत नपिएको बिर्सनै सकिन बसेको ब्रतको नशा बडेको।। अब त मेरो बदुवा भएको छ आफ्नो देशको गन्जागोल शहरबाट।। नेटो काटेर,सातसमुन्द्र पार गरी माहाशहरमा आएको छु।। बाल्यकाल ईतिहास भएको छ कुलो पधेरो,गाउ गल्ली,पहरा छहरा।। सबै अब मानसपटबाट हटीसके अफन्तको गन्ध छैन यहाँ।। तीजको महासगर उर्लिएको छ मरुभुमीमै भएपनी नाच्ने रहर छ।। दुई चार शब्द भएपनी ओकल्ने बिचार छ कम्मर मर्काइ मर्काइ नाच्ने सोच छ।। शब्द बिना या संगीत बिना भएपनी श्रीमानलाई लामो उमेर दिने बिचार छ।। डडेलो लागेको मरुभुमीमै भएपनी दुई चार लोटा पानी खनाउने सोच छ।। उषा खड्का,अबुहालिफा,कुबेत uskd_2006@yahoo.com ___________________________________________________________________ २०६६ सालको तीज -सीरा खनाल, इजरायल मेरी दिदी आज माइत गइन होला माइत जान पाउँदा खुशी भइन होला बर्षदिनको तीज पनि आयो यो साल मेरो कथा यस्तै छ है विदेशको हाल आफु ता छु सात समुद्रपारी सम्झना आउँछ यहाँ पनि नेपालीहरुको साथमा रमाइलो नै भाछ एक दिनको विदा आज नाच्न हामी जाने हो तेलअभिभ को चिल्ड्रेन पार्कमा हामी नाच्ने हो गाउँघरमा राम्रोसँग मनाउँनुस् है आमा तिम्रै यादमा हामीपनि रमाउँछौ विदेशमा पूर्वपश्चिम उत्तर दक्षिण सवै दिदीबहिनी तीजको दर खान जान्छौ माइती सम्झेर धन्य हाम्रा दाजुभाइ तपाइहरुले चेली सम्झनु भएको छ हामी सवै चेली आउनेछौ निम्तो पाइ २२ अगस्तमा हाम्रो नाता जन्म जन्म माइती चेली रहि रहोस् विदेशमा मात्र होइन स्वदेशमा पनि यस्तो नाता रहिरहोस् इजरायलको कामले फुर्सद मिले भाइटिकामा भेटने छौ तर माइती राजाहरुलाइ थाहा छ चेलीको काम सके सम्म कोशिश गर्छौ भाइटिकामा टिका लाउन नसकेमा जन्मजन्म हामी चेली माइती इजरायलको नेपालइजरायल नेटलाई भारी धन्यवाद हाम्रा कथा व्यथा लेखि दिन्छौ निर्धक्क साथ कहाँ जानु सुनाउँन हाम्रा कथा यो विदेशमा साथमा छौ तिमी भारी भारी शुभकाम
उजाड हुन्छ भनेर डराउनु नै पो किन
धुलो र हुरिले भरिभराउ भयको जगतमा
नैरस्याताको निम्ती वसन्त अाउनु नै किन।
खयर अनी बयर उम्रन नस्कने धर्तिमा
छाहारी र छायाको अपेकक्षा गर्नु नै किन
निरासै निरास मन हरिको जमाथमा
हासो र खुशियाली तलास्नु पो नै किन।
वसन्तले पलुवामा नयाँ मुना भरे झै गरी
हराउनेको देशमा आगमन गर्नु नै किन
ति निरदोष माता पिता र सन्तती हरु लाई
बिछोड र बेदनाको रोदन अनी आसुँ मात्र पो किन।
आसु नै आसु ले भरियको सगर बाट
हासो खोजेर ल्याउछु भन्नु नै किन
गरीबीको भारी बिसाउने आकंक्षा लियर
निर्मोही हरुको अधरमा पसिना बगाउनु पो किन
अर्जुन बस्नेत अल्ल मुल्ल ग्रुप कुवैत्
3 Responses
arjun basnet, on July 29th, 2009 at 7:05 pm Said:
thanks mr sujan your PARDESH.is touch my harth and i keep it my mutu . Thanks. ARJUN_KUWAIT
Reply
surya prasad neupane, on August 17th, 2009 at 10:41 am Said:
i am really very happy, beacuse this types of artical . i like very much, i hope this types of artical are public day by day . all r in out of country but i am just like a filling all are in nepal , thank you for all artical
Reply
saugat subedi(65942073), on August 19th, 2009 at 9:19 am Said:
You really guys doing good and keep it up……….. सीरा खनाल, इजरायल don’t worry about the तीज.the day will come for you to meet to your brother . now u are in overseas country and u celebrate there and enjoy and keep it up your smile on your face and to be happy, good bless u and good will help u..
saugat subediKuwaitsaughatster@gmail.com+965-65942073.
Reply
Leave a Reply
breaking news……कुबेतमा सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न ,देखाएर छाडे एक सफल उधाहरन


“हाम्रो सांस्कृति,हाम्रो पहिचान” भन्ने मुल नाराका साथमा शुरु भएको नेपाली सांस्कृतिक कर्यक्रमा कुबेतमा भब्यताका साथ सम्पन्न भएको छ। यो सांस्कृतिक कर्यक्रम यति सम्म सफल होला भनेर कमैले मात्र सोचेका रहेछन तर भैदियो अलग। कुबेत सिटीको एसिया एसिया होटेलको हल नेपाली दर्शकहरुले खचाखच भएपछी कति नेपालीले त सिट नपाएर उभिएरै कर्यक्रमको मजा लिए, अचम्मको कुरो त के पनि देखियो भने दर्शक नेपाली मात्र थिएनन् भारतिय देखि लिएर कुबेती सम्म देख्न पाइयो। अनी स्थानिय कलाकारहरुको स्तरिय प्रदशनलाई सबैले ताली पिटेर स्वागत गरिएको थियो। प्रसिद्द गायक राजेन्द्र बिरहीसहितको समुहद्वारा शुरु गरिएको देउसी भैलो गायनबाट कलश सहितको दियो बालेर कर्यक्रम शुरु गरिएको थियो।
दर्शकहरु यति धेरै उत्साहित भएको यो पहिलो कर्यक्रम हो भनेर धेरैको प्रतिक्रिय पायौ हामीले कर्यक्रम स्थलमा। अपेक्षा भन्दा धेरै दर्शकको उपस्थिती देखिएर आयोजकहरु टिकेट नपुग्ने स्थित देखेपछी एकछिन अलमलमा परेका थिए। सुरक्षाको चुस्त ब्यबस्था हुनाले कर्यक्रम अत्यन्त सहज रुपमा सम्पन्न भएको थियो। कर्यक्रमका लागि प्रयाप्त गृह कार्य गरिएको देखियो,सबै किसिमका खुराखहरु समाबेश थिए पाच घन्टाको अबधिमा जसले गर्दा कुनै पनि दर्शकले कर्यक्रमको बारेमा नकारात्मक बिचार देखाउने बाटो पाएनन,अन्त्तमा सबैले आयोजकलाई स्याबासी दिनेको मात्र घुइचो देखियो । मरुभुमिको कोसेली(nepalkuwait.com) र युनिटी लाईफ जन-जागृति टिमका जागरुक अनी मेहनती साथीहरुको अथक प्रयासबाट आयोजना गरिएको यो कर्यक्रम अहीले सम्मको कुबेतमा गरिएको सफल कार्यक्रमको रुपमा हेरिएको छ। कुबेतमा सम्पन्न यो सांस्कृतिक कर्यक्रम सम्बन्धी धेरै कुराहरु जोडीएको हुनाले यस सम्बन्धी पूर्ण जानकारी हामीले आगामी लेखमा समाबेश गर्ने छौ ।

Tuesday, October 6, 2009

नेपालीहरुको लागि खुशीको खबर, कुवेतमा नेपालीहरुको भिषामा लगाईएको निषेध हट्यो

कुवेत सरकारले सन् २००७ को नोभेम्वर देखी नेपालीहरुलाई भिषा दिन लगाएको अस्थायी निषेध आजदेखी हटाएको कुवेतको ईम्मिग्रेशन शाखाले जनाएको छ । कुवेत सरकारले भिषामा रोक लगाएदेखी नै नेपाली कामदारहरु आधिकारीक रुपमा गवर्मेंट प्रोजेक्ट अर्थात एनओसी भिषामा आउन निकै गाह्रो भई रहेको थियो । तर घरेलु कामदार र भिजिटिङ्ग भिषाहरुमा भने नेपालीहरु दैनिक रुपमा कुवेत आई नै रहेका थिए ।
कुवेतको दैनिक स्थानिय पत्रिका अरब टाईम्सले जनाएनुसार, भिषामा ति नेपाली कामदारहरुको लागि मात्र निषेध हटाईएको छ जसको राहदानीको वहाल रहने अवधी कम्तिमा पनि पाँच वर्ष सम्मको होस् ।आजको यस खबर नेपालका मेनपावर एजेंसीहरुमा लामो समय देखी अलपत्र परिरहेका तमाम नेपालीहरुको लागि उपलब्धिमूलक भएपनी, हामी नेपालीहरुले एउटा कुरामा ध्यान पुर्‍याउन नितान्त जरुरी यो छ कि, जसको राहदानी वहालको अवधी पाँच वर्ष भन्दा कमको छ, उनिहरुको भिषाको अप्लिकेशन कुवेत ईम्मिग्रेशनले स्वतह रद्द गरिदिने निश्चितप्राय छ ।
सोर्सको अनुसार, कुवेतस्थित बिभिन्न सेक्युरिटी तथा क्लिनिङ्ग कम्पनिहरुको आवेदनमा नेपाली कामदारको भिषामा लगाईएको अस्थायी निषेध हटाईएको हो । साथै नेपाल सरकारको तर्फबाट कुवेतमा नेपाली दूतावास वा अन्य कुनै श्रम शाखा स्थापनाको लागि पहल भईसकेको, तर कुवेत सरकारले यसको लागि स्विकृती दिएको वा नदिएको भनेर सोर्सले केहि खुलाएको छैन ।
यसैगरी कुवेत सेक्युरिटी सोर्सले अर्को स्थानिय पत्रिका अल-क्वाबासलाई जानकारी दिएनुसार, ईलिगल (अवैध) रुपमा कुवेतमा कार्यरत रहेका १,२१६ कामदारहरुलाई २००९ को सेप्टेम्वरमा कुवेतबाट पठाईसकेको र १,३०० कामदारहरुलाई पठाउन पहल भई रहेको पनि जनाएको छ । तर ति कामदारहरु नेपालका हुन या नेपाली सहित अन्य राष्ट्रका पनि हुन भनेर खुलाईएको छैन ।
सोर्स : अरब टाईम्स कुवेतमिति : ०६ अक्टोवर २००९

गजल

गाए गजल भनी तिम्रो गीतलाई सजाए महल भनी तिम्रो प्रीतलाई भत्किजाने बालुवाको बाँध यो होइन पुष्प गुच्छा चढाइ दिए तिम्रो रीतलाई कुचक्रका साङ्ला तोडी प्वाँख फट्फटाऊम त आफ्नै ठानिदिन्छु तिम्रो जीतलाई सबैतिर शान्ति छर्दै प्रजातन्त्र आऊ थोपा पिइ 'बल' अमृतझैं, तिम्रो शीतलाई

हनत मैले

हुन त तिमीसँग एकरात माँगेको हुँएकै रातमा जिन्दगीभरको साथ माँगेको हुँएक्लै बिते धेरै दिनहरु स्वप्न सँगालेरकहिल्यै निको नहुने एक आधात मागेको हुँशष्क भएका सबै इच्छाहरु मुर्झाउनतिमी सँग बैँसको रमाइलो बात मागेको हुँधेरै पिर्इयो नशा तिम्रो अनुपस्थितिमासमीप हुँदा तिम्रो यौवनको मात मागेको हुँआजको भेटपछि प्रतीक्षामा बिताउन मैलेसहवासकोमधुरसम्झनाकोखातमागेकोहुँ।

कस्तो अचम्म

थाकिन्न रैछ कहिल्यै उकोलो चढ्‍दा पनिपीरतिमा त अहो चिप्लेर लडदा पनि
पुतली हुँ कि आफू बती पो हो कि माँयाजाउँ त्यही झैँ लाग्छ पखेटा डढ्‍दा पनि
धोखा भयो त के भो, मजा छसम्झनैमा अतीतका पुराना प्रेमपत्र पढ्‍दा पनि
राधा र कृष्णकोझैँ संयोग–वियोग हो मायाचुलिन्छ यो त झन्झन् दुरी नै बढे पानि ।