Tuesday, October 6, 2009

कस्तो अचम्म

थाकिन्न रैछ कहिल्यै उकोलो चढ्‍दा पनिपीरतिमा त अहो चिप्लेर लडदा पनि
पुतली हुँ कि आफू बती पो हो कि माँयाजाउँ त्यही झैँ लाग्छ पखेटा डढ्‍दा पनि
धोखा भयो त के भो, मजा छसम्झनैमा अतीतका पुराना प्रेमपत्र पढ्‍दा पनि
राधा र कृष्णकोझैँ संयोग–वियोग हो मायाचुलिन्छ यो त झन्झन् दुरी नै बढे पानि ।

No comments:

Post a Comment