कुवेत सरकारले सन् २००७ को नोभेम्वर देखी नेपालीहरुलाई भिषा दिन लगाएको अस्थायी निषेध आजदेखी हटाएको कुवेतको ईम्मिग्रेशन शाखाले जनाएको छ । कुवेत सरकारले भिषामा रोक लगाएदेखी नै नेपाली कामदारहरु आधिकारीक रुपमा गवर्मेंट प्रोजेक्ट अर्थात एनओसी भिषामा आउन निकै गाह्रो भई रहेको थियो । तर घरेलु कामदार र भिजिटिङ्ग भिषाहरुमा भने नेपालीहरु दैनिक रुपमा कुवेत आई नै रहेका थिए ।
कुवेतको दैनिक स्थानिय पत्रिका अरब टाईम्सले जनाएनुसार, भिषामा ति नेपाली कामदारहरुको लागि मात्र निषेध हटाईएको छ जसको राहदानीको वहाल रहने अवधी कम्तिमा पनि पाँच वर्ष सम्मको होस् ।आजको यस खबर नेपालका मेनपावर एजेंसीहरुमा लामो समय देखी अलपत्र परिरहेका तमाम नेपालीहरुको लागि उपलब्धिमूलक भएपनी, हामी नेपालीहरुले एउटा कुरामा ध्यान पुर्याउन नितान्त जरुरी यो छ कि, जसको राहदानी वहालको अवधी पाँच वर्ष भन्दा कमको छ, उनिहरुको भिषाको अप्लिकेशन कुवेत ईम्मिग्रेशनले स्वतह रद्द गरिदिने निश्चितप्राय छ ।
सोर्सको अनुसार, कुवेतस्थित बिभिन्न सेक्युरिटी तथा क्लिनिङ्ग कम्पनिहरुको आवेदनमा नेपाली कामदारको भिषामा लगाईएको अस्थायी निषेध हटाईएको हो । साथै नेपाल सरकारको तर्फबाट कुवेतमा नेपाली दूतावास वा अन्य कुनै श्रम शाखा स्थापनाको लागि पहल भईसकेको, तर कुवेत सरकारले यसको लागि स्विकृती दिएको वा नदिएको भनेर सोर्सले केहि खुलाएको छैन ।
यसैगरी कुवेत सेक्युरिटी सोर्सले अर्को स्थानिय पत्रिका अल-क्वाबासलाई जानकारी दिएनुसार, ईलिगल (अवैध) रुपमा कुवेतमा कार्यरत रहेका १,२१६ कामदारहरुलाई २००९ को सेप्टेम्वरमा कुवेतबाट पठाईसकेको र १,३०० कामदारहरुलाई पठाउन पहल भई रहेको पनि जनाएको छ । तर ति कामदारहरु नेपालका हुन या नेपाली सहित अन्य राष्ट्रका पनि हुन भनेर खुलाईएको छैन ।
सोर्स : अरब टाईम्स कुवेतमिति : ०६ अक्टोवर २००९

No comments:
Post a Comment