Tuesday, October 6, 2009

गजल

गाए गजल भनी तिम्रो गीतलाई सजाए महल भनी तिम्रो प्रीतलाई भत्किजाने बालुवाको बाँध यो होइन पुष्प गुच्छा चढाइ दिए तिम्रो रीतलाई कुचक्रका साङ्ला तोडी प्वाँख फट्फटाऊम त आफ्नै ठानिदिन्छु तिम्रो जीतलाई सबैतिर शान्ति छर्दै प्रजातन्त्र आऊ थोपा पिइ 'बल' अमृतझैं, तिम्रो शीतलाई

No comments:

Post a Comment